संवैधानिक निकायका नियुक्तिमा भागबण्डाको युग सकियोः सभापति थापा | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

संवैधानिक निकायका नियुक्तिमा भागबण्डाको युग सकियोः सभापति थापा

काठमाडौं ।

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक निकाय तथा राज्यका विभिन्न तहका नियुक्तिहरूमा राजनीतिक भागबण्डा गर्ने परम्पराको अन्त्य भएको बताउनुभएको छ । बिहीवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली काँग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले काँग्रेसले अबदेखि कतै पनि भागबण्डा नगर्ने र भाग नखोज्ने स्पष्ट पार्नुभयो । सभापति थापाले संवैधानिक निकायहरूमा भागबण्डा भन्दा पनि कार्यक्षमता र पारदर्शिताका आधारमा ‘शुद्धता’ हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संवैधानिक परिषद्को विद्यमान संरचना र नियुक्ति प्रक्रियामाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । न्यायाधीश नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरूमा हुने नियुक्तिका सन्दर्भमा अब नयाँ ढङ्गले छलफल हुनुपर्ने उहाँको तर्क छ । उहाँले संविधान संशोधनको सन्दर्भमा काँग्रेसले आफ्नो स्पष्ट दृष्टिकोण बनाउँदै गर्दा यस्ता संरचनागत सुधारका विषयलाई प्राथमिकता दिने समेत संकेत गर्नुभयो ।

Leave a Reply