देउवा नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देउवा नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौ, २८ मंसिर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नगएपछि आइतबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानका लागि परिषद्को बैठक बोलाइएको थियो ।

लामो समयदेखि विभिन्न संवैधानिक निकायका ४५ पद रिक्त छन् । पटकपटक बोलाएको बैठकमा सभापति देउवा अनुपस्थित भएका कारण संवैधानिक निकायका रिक्त पद पूर्ति हुन सकेको छैन । प्रमुख प्रतिपक्ष दलका नेता अनुपस्थित भएर असहयोग गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश मार्फत संविधान संशोधन गरेर अड्चन फुकाउन प्रयास गरेका थिए । तर सो अध्यादेशको चौतर्फी विरोधसँगै फिर्ता भएको थियो ।

संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षदलका नेता पदेन सदस्य रहने व्यवस्था छ । परिषद्मा बहुमत अल्पमतका आधारमा निर्णय गर्ने व्यवस्था छैन । प्रधानमन्त्रीका प्रेस सल्लहाकार सूर्य थापाले कांग्रेस सभापति देउवाले आज आफुले नभ्याउने जानकारी प्रधानमन्त्रीलाई गराएपछि बैठक स्थगित भएको ईमाउन्टेनटीभी डटकमलाई जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);