देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको शुक्रबारको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको शुक्रबारको बैठक स्थगित

deuba

काठमाडौं, ४ माघ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको छ । संवैधानिक आयोगका पदाधिकारीहरु नियुक्तीका लागि सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्ष दलका नेता देउवा उपस्थित नभएपछि स्थगित गरिएको हो ।

बैठकमा परिषदका सदस्यहरुबीच विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तीका विषयमा भने सामान्य छलफल भएको थियो । प्रमुख प्रतिपक्ष दलका नेता अनुपस्थित भएपछि बैठक आगामी आईतबार ६ गते अपरान्ह ४ बजे पुनः बस्नेगरी स्थगित गरिएको परिषदका सदस्य एवम् राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । काँग्रेस सभापति समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता देउवा पार्टी कामको शिलशिलामा पोखरा गएका छन् ।

संवैधानिक व्यवस्था अनुसार परिषदले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगका पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्नुपर्ने हुन्छ ।

संविधानको धारा २ सय ५२ देखि २ सय ६५ सम्म विभिन्न आयोग गठन, आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार ती आयोगहरुको अध्यक्ष तथा सदस्यहरु संवैधानिक परिषदले नियुक्तका लागि सिफारिस गरी राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिले नियुक्त गर्ने आयोगका पदाधिकारीहरुको पदावधि ६ वर्षको हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);