संवैधानिक परिषदको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संवैधानिक परिषदको बैठक स्थगित

baithak sthakit

काठमाडौं, २६ मंसिर । संवैधानिक परिषदको बुधबार विहान बोलाइएको बैठक पनि स्थगित भएको छ ।

परिषदका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र विपक्ष दलका नेता एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।

प्रधानमन्त्री ओली र विपक्ष दलका नेता देउवाको कार्य व्यस्तताका कारण बैठक पुनः बस्नेगरी स्थगित भएको राष्ट्रिय सभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिएका हुन् । प्रधानन्यायाधिश सिफारिस गर्न बोलाइएको परिषदको बैठक यस अघि पनि स्थगित भएको थियो ।

प्रधानन्यायाधिश रिक्त हुनु एक महिना अघि नयाँको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानन्यायाधिश ओमप्रकाश मिश्र उमेर हदका कारण पुस १७ गते अवकाश हुने छन् ।

परिषदको बैठकमा नयाँ प्रधानन्यायाधिशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिशद्धय चोलेन्द्र शमशेर राणा र दिपकराज जोशीको नाम न्याय परिषदले पठाएको छ । जोशी यस अघि पनि संसदीय सुनुवाई विशेष समितिबाट अस्विकृत भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);