देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित

बिहिबार बिहान नौं बजे पुनः बस्ने गरी स्थगित

काठमाडौं, २६ मंसिर । प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदले बुधबार पनि प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्न सकेन ।

प्रधानन्यायाधीश सिफारिस गर्ने योजनाका साथ बोलाइएको संवैधानिक परिषदको बुधबार बिहानको बैठक पनि प्रतिपक्ष दलका नेता देउवाले आउने सम्भावना नभएको जानकारी गराएपछि बिहिबार बिहान नौं बजे पुनः बस्ने गरी स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्ष दलका नेता देउवाले ढिला गरी बैठकमा आउन नसक्ने जानकारी गराएपछि आजको बैठक पनि भोलीसम्मका लागि स्थगित गरिएको राष्ट्रियसभाका अध्यक्ष एवम् परिषदका सदस्य गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

मंगलबार अपरान्ह बोलाइएको बैठक पनि प्रतिपक्ष दलका नेता देउवाले नभ्याएपछि स्थगित गरिएको थियो । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले भोली बस्ने बैठकले भने प्रधानन्यायाधीश सिफारिसका लागि आवश्यक निर्णय लिने विश्वास व्यक्त गरे ।

पुस ५ गते बस्ने निर्णय गरिएको संवैधानिक परिषदको बैठक प्रधानन्यायाधीशमा नियुक्तीका लागि सिफारिस गर्न ढिलाई हुने भएपछि प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष केपी ओलीले मंगलबार बेलुका नौं बजेतिर प्रमुख प्रतिपक्ष दलका नेता देउवालाई बुधबार विहानका लागि बैठक बोलाउनु परेको जानकारी गराएका थिए ।

पार्टीको महासमिति बैठकको तयारीका कारण देउवा परिषदको बैठकमा उपस्थित हुन नसकेको उनको निजी सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश रिक्त हुनु एक महिना अघि नयाँको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र उमेर हदका कारण पुस १७ गते अवकाश हुँदैछन् । परिषदको बैठकमा नयाँ प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशद्वय दिपकराज जोशी र चोलेन्द्रशमशेर राणाको नाम न्याय परिषदले पठाएको छ । जोशी यस अघि नै संसदीय सुनुवाई विशेष समितिबाट अस्विकृत भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);