आइतवार बोलाइएको संसदीय सुनुवाई बिशेष समितिको बैठक २ दिन पछि सर्‍याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आइतवार बोलाइएको संसदीय सुनुवाई बिशेष समितिको बैठक २ दिन पछि सर्‍याे

काठमाडौं, १७ चैत । संसदीय सुनुवाई विशेष समितिको आईतबार बोलाइएको बैठक दुई दिन पछि सारिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आग्रह गरेपछि प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई प्रक्रिया सुरु गर्न बोलाइएको बैठक मंगलवार बस्नेगरी सारिएको हो ।

बैठकमा नेपाली काँग्रेसबाट समितिमा प्रतिनिधित्व गर्ने सांसदद्धय भिमसेन दास प्रधान र जितेन्द्र देवले पार्टी सभापति शेरबहादुर देउवासँग आवश्यक परामर्श गर्नुपर्ने भन्दै बैठक केही दिनका लागि पछि सार्न आग्रह गरेका थिए ।

सोही आग्रहलाई ध्यानमा राख्दै बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकमा काँग्रेसका नेता एवम् समितिका सदस्य प्रधानले प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त सिफारिस गर्ने निर्णय संविधान विपरित भएकाले त्यस सम्बन्धमा के गर्ने भन्ने विषयमा सभापति देउवासँग छलफल गर्न आफ्नो पार्टीले बैठक केही दिन स्थगित गर्न आग्रह गर्नु परेको बताए ।

सत्तारुढ दल नेकपाका सांसद एवम् समितिका सदस्य योगेशकुमार भट्टराईले भने संवैधानिक परिषदको गत चैत्र ११ गते बसेको बैठकले संविधान बमोजिम नै प्रमुख निर्वाचन आयुक्तमा थपलियालाई नियुक्त गर्ने सिफारिस गरेको बताए ।

उनले समितिको बैठक बहिष्कार नगर्न आग्रह गर्दै काँग्रेसका नेताहरुको माग अनुसार समितिको बैठक मंगलबारसम्मका लागि स्थगित गर्न प्रस्ताव गरेका थिए ।

गत चैत्र ११ गते प्रमुख प्रतिपक्ष दलका नेता देउवाको अनुपस्थितिमै संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त थपलिया र समावेशी आयोगका सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

परिषदका सदस्य एवं प्रमुख प्रतिपक्ष दलका नेता देउवाको अनुपस्थितिमा परिषदले सो निर्णय लिनु संविधान विपरित भएको काँग्रेसको दावी छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीले भने देउवासंगको छलफलबाटै थपलियाको नाम सिफारिस गरिएको दाबी गरे । आइतवार विराटनगर पुगेका प्रधानमन्त्री ओलीले संचारकर्मीसंग देउवाको सहमतीमै थपलियाको नाम सिफारिस गरिएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);