अल्पमतमा परेको संवैधानिक परिषद्को विवादास्पद बैठक अचानक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

अल्पमतमा परेको संवैधानिक परिषद्को विवादास्पद बैठक अचानक स्थगित

काठमाडौं २० माघ । आफै अल्पमतमा परेको संवैधानिक परिषदको बैठक अचानक स्थगित भएको छ। बैठक मंगलबार साँझ ५ बजेका लागि बोलाइएको थियो। मंसिर ३० गते बसेको संवैधानिक परिषदको बैठकमा बिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बहिष्कार गरेपछि बहुमतका आधारमा बिभिन्न निकायमा नियुक्तिको निर्णय गरेको थियो। सो निर्णयविरुद्ध सर्बोच्च अदालतमा मुद्धा विचाराधिन छ।

सबैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने ब्यवस्था छ भने सदस्यहरुमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता प्रतिनिधि सभाको उपसभामुख रहने ब्यबस्था छ।

मंगलबार साँझ ५ बजे डाकिएको सो बैठकमा बिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा सहभागि नहुने भएपछि त्यसको गणपुरक संख्यामा फेरि कानूनी प्रश्न उठने भएपछि स्थगित भएको स्रोतले बतायो। । ६ सदस्य

संवैधानिक परिषदमा मंगलबारको बैठकमा ३ सदस्य

मात्र उपस्थित हुने तयारी थियो। कानूनी हिसाबमा यसलाई बहुमत मानिदैन। यस भन्दा अघि सबैधानिक परिषदका निर्णय बहुमत अल्पमतका आधारमा हुने गरेका थिएनन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतका आधारमा निर्णय गर्न सक्ने गरी अध्यादेश मार्फत कार्यविधि साेंधन गएिको थियो।

६ जनाको परिषदमा तीनलाई बहुमत मान्न नसकिने र यसबारेमा कानूनी प्रश्न उठ्ने कानूनविद्हरु बताउँछन्। अधिवक्ता शान्तिराम खतिववडाका अनुसार यो कुनै हालतमा बहुमत मान्न सकिदैन। उहाँका अनुसार सबैधानिक परिषदको ३ सदस्यलाई ५० प्रतिशत मात्र मान्ने र त्यो बहुमत नहुने उहाँले बताउनुभयो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);