संवैधानिक परिषदको संशोधित कार्यविधिः अब बहुमतबाट निर्णय हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

संवैधानिक परिषदको संशोधित कार्यविधिः अब बहुमतबाट निर्णय हुने

काठमाडौ, ३० मंसिर । सबैधानिक परिषदको बैठकमा कहिले बिपक्षी दलको नेता नजाने, कहिले सभामुख नजाने भएपछि मंगलबार कार्यििबधि संशोधन गरिएको छ। प्रधानमन्त्रीको शिफारिसमा राष्ट्रपति विद्या भण्डारीले अध्यादेश जारी गर्दै कार्यविधि संशोधन अध्यादेश जारी गर्नुभएको हो।

स्रोतका अन्ुसार जारी अध्यादेश अध्यादेशमा अध्यक्ष सहित तीन सदस्य उपस्थिति भएमा गणपुरक संख्या मानिने छ। यस अघि अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिने ब्यबस्था थियो।

सबैधानिक परिषदमा प्रधानमन्त्रीअध्यक्ष र प्रधान न्यायाधीश प्रतिनिधि सभाको सभामुख सभाको अध्यक्ष प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख –सदस्य रहेन ब्यबस्था छ। प्रतिनिधिसभामा उपसभाम्ुख नरहेकोले परिषद ५ सदस्य छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);