संवैधानिक परिषद्को बैठक : रिक्त रहेका पदाधिकारी र सदस्यहरुको पदपूर्तिको सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संवैधानिक परिषद्को बैठक : रिक्त रहेका पदाधिकारी र सदस्यहरुको पदपूर्तिको सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुका पदाधिकारी र सदस्यहरुको पदपूर्तिको सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा आज बसेको बैठकले संवैधानिक आयोगका रिक्त पदपूर्तिको सिफारिस गरेको हो । विपक्षी दलका नेता र सभामुख विना नै संवैधानिक परिषद्को बैठक बसिएको थियो ।

बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीसहित सदस्यहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागीता रहेको थियो ।

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा उपस्थित थिएनन् ।

संविधानअनुसार परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहन्छन् । उपसभामुख खाली रहेकाले हाल परिषद्मा ५ जना मात्रै छन् ।

सरकारले हालै जारी गरेको संवैधानिक परिषद्को बैठकसम्बन्धी अध्यादेशमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिने निर्णय गरिसकेको छ । जस अनुसार आजको बैठकमा बहुमत सदस्यको उपस्थिति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);