विपक्षी दलका नेता र सभामुख विनै संवैधानिक परिषद्को बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विपक्षी दलका नेता र सभामुख विनै संवैधानिक परिषद्को बैठक

काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पदहरुमा नियुक्तिका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, सदस्यहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी भएका छन् भने प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र कांग्रेस सभापति शेरबहादुर देउवाको उपस्थिति छैनन् ।

सापकोटा र देउवाले यसअघि नै परिषद्को बैठकमा आफूहरु नजाने र अन्य सदस्यलाई समेत नजान आग्रह गरेका थिए ।

बैठकले लोकसेवा आयोग, महिला आयोग लगायतका रिक्त रहेका पदहरुमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने कार्यसूची छ ।

संविधानअनुसार परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख रहन्छन् । उपसभामुख खाली रहेकाले हाल परिषद्मा ५ जना मात्रै छन् ।

सरकारले हालै जारी गरेको संवैधानिक परिषदको बैठकसम्बन्धी अध्यादेशमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा बैठकको लागि गणपूरक संख्या पुगेको मानिने निर्णय गरिसकेको छ । जस अनुसार आजको बैठकमा बहुमत सदस्यको उपस्थिति रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);