प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषद्को बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रधानमन्त्री प्रचण्डले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं,१५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको हो ।

बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको छ । गत आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे जेनेभा गएकोले बैठक एक हप्ताका लागि सारिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने परिषदका सदस्यमा प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख,राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख रहन्छन् ।

बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा परीक्षकको कार्यालय र निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची छ । एमालेसहितको गठबन्धन बनेपछि पहिलो पटक परिषद्को बैठक बस्न लागेको हो ।कार्यपालिका,न्यायपालिका र व्यवस्थापिकाका प्रमुख पदाधिकारी रहने संवैधानिक परिषद्मा सत्ता समीकणसँगै शक्ति संरचना पनि फेरिएको छ ।​ परिषद्को नयाँ संरचनामा कांग्रेसले प्रवेश पाएको छ । एमाले पृष्ठभूमिका पदाधिकारीको
संख्या घटेको छ ।

यसअघि सत्तापक्षमा हुँदा पनि संवैधानिक परिषद्मा नरहेको कांग्रेसको प्रतिनिधित्व विपक्षी दलका नेता सभापति शेरबहादुर देउवा उपस्थित हुनुहुनेछ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पहिलो पटक संवैधानिक परिषद् बैठकमा सहभागी हुनुहुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);