महालेखा परीक्षक नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

महालेखा परीक्षक नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं,१८ चैत्र । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठक आज बिहान ९ बजेबाट शुरु हुनेछ ।

बैठकले महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नसक्ने सम्भावना रहेको बताइएको छ । संवैधानिक परिषद्को बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार साँझ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेर भेट वार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्रीको नेतृत्वमा रहने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);