आज विद्युत प्रशारण आयोजनाको कार्य प्रगति र समस्या बारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

आज विद्युत प्रशारण आयोजनाको कार्य प्रगति र समस्या बारे छलफल हुने

काठमाडौं,१८ चैत्र । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा संघीयता सबलीकरण गर्न आगामी आ.व. २०८०/८१ को बजेट मा संघ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरणको तयारी, राजश्व र प्राकृतिक स्रोत उपयोग एवं लाभ बाँडफाँडको अवस्था, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस कार्यान्वयनको अवस्था, विद्युत प्रशारण आयोजनाको हालसम्मको कार्य प्रगति र समस्याको बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);