काठमाडौँ ।
ट्राफिक प्रहरीले ट्राफिक नियम विपरित स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारीलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण नियन्त्रण गर्न मोडिफाई गरेर चलाएका दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, ४ वटा स्कुटर, २/२ वटा डुकाटी र एमटी, १/१ वटा डोमिनार र केटिएम डुक र ८ वटा अन्य सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ । एक साताको अवधिमा उक्त संख्यामा मोटरसाईकल, स्कुटर लयायतका दुईपाङ्ग्रे सवारी साधान नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । सडकमा ध्वनि प्रदूषण बढाउने तथा अन्य सवारी चालक र सर्वसाधारणलाई असर पु¥याउने गरी मोटरसाइकल मोडिफाई गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान नै सञ्चालन गरिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार निजी सवारीसाधन भन्दै आफूखुशी स्वरूप परिवर्तन गरी सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्ने र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पार्ने उहाँको भनाई छ । उहाँकाअनुसार ट्राफिक प्रहरीले मोडिफाई गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । विभागले कानूनी प्रक्रिया पूरा भएपछि मोटरसाइकललाई शोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काएर मात्र सम्बन्धित धनीलाई जिम्मा लगाउने उहाँले जानकारी दिनुभयो । मोडिफाई गरिएका पार्टपुर्जासमेत परिवर्तन गरी मोटरसाइकललाई पुरानै अवस्थामा ल्याएपछि मात्र हस्तान्तरण गर्ने गरिएको उहाँको भनाई छ । पटक–पटक नियम उल्लङ्घन गर्ने केही मोटरसाइकललाई भने प्रहरीले नियन्त्रणमै राखेको उहाँले जानकारी दिनुभयो । काफ्लेका अनुसार पाँचदेखि १० वटासम्म मोटरसाइकल पटक–पटक कारबाहीमा परेपछि नियन्त्रणमा राखिएको छ ।
ट्राफिक प्रहरीले ट्राफिक नियम विपरित स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारीलाई कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण नियन्त्रण गर्न मोडिफाई गरेर चलाएका दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, ४ वटा स्कुटर, २÷२ वटा डुकाटी र एमटी, १÷१ वटा डोमिनार र केटिएम डुक र ८ वटा अन्य सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ । एक साताको अवधिमा उक्त संख्यामा मोटरसाईकल, स्कुटर लयायतका दुईपाङ्ग्रे सवारी साधान नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो । सडकमा ध्वनि प्रदूषण बढाउने तथा अन्य सवारी चालक र सर्वसाधारणलाई असर पु¥याउने गरी मोटरसाइकल मोडिफाई गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान नै सञ्चालन गरिएको उहाँले बताउनु भयो । उहाँकाअनुसार निजी सवारीसाधन भन्दै आफूखुशी स्वरूप परिवर्तन गरी सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्ने र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पार्ने उहाँको भनाई छ । उहाँकाअनुसार ट्राफिक प्रहरीले मोडिफाई गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । विभागले कानूनी प्रक्रिया पूरा भएपछि मोटरसाइकललाई शोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काएर मात्र सम्बन्धित धनीलाई जिम्मा लगाउने उहाँले जानकारी दिनुभयो । मोडिफाई गरिएका पार्टपुर्जासमेत परिवर्तन गरी मोटरसाइकललाई पुरानै अवस्थामा ल्याएपछि मात्र हस्तान्तरण गर्ने गरिएको उहाँको भनाई छ । पटक–पटक नियम उल्लङ्घन गर्ने केही मोटरसाइकललाई भने प्रहरीले नियन्त्रणमै राखेको उहाँले जानकारी दिनुभयो । काफ्लेका अनुसार पाँचदेखि १० वटासम्म मोटरसाइकल पटक–पटक कारबाहीमा परेपछि नियन्त्रणमा राखिएको छ ।




