ट्राफिक नियम विपरित चलेका १ हजार १ सय सवारी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

ट्राफिक नियम विपरित चलेका १ हजार १ सय सवारी नियन्त्रणमा

काठमाडौं, १७ फागुन । यस वर्षको होली पर्वका दिनमा १ हजार १ सय ३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । होलीको अवसर पारेर ट्राफिक नियम विपरित चलाइएका १ हजार १ सय ३ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

त्यसमध्ये ८३ वटा सवारी साधन मादक पदार्थ सेवन गरेर चलाइएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । नियन्त्रणमा लिइएको सवारी साधनलाई साँझ ६ बजेबाट फिर्ता गर्न थालिएको छ ।

यस वर्ष होलीमा अप्रिय घटना भने नभएको पनि प्रहरीले जनाएको छ । १ जना गम्भीर घाइते हुनेबाहेक अन्य कुनै अप्रिय घटना नभएको पनि प्रवक्ता मरासिनीले जानकारी दिए । नियन्त्रणमा लिएका सवारी धनीलाई भने यातायात व्यवस्था ऐन अनुसार कार्वाही हुनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बेलुका पनि अप्रिय घटना हुनसक्ने भन्दै सवारी साधन चेकजाँचको कामलाई कडाई गरेको छ । बेलुका मादक पदार्थ सेवन गरेर हुन सक्ने दुर्घटनालाई मध्यनजर राखेर चेकजाँचमा कडार्इं गरिएको प्रवक्ता मरासिनीले बताए ।

गत वर्ष भन्दा यस वर्ष होलीमा सवारी दुर्घटना कम भएको महाशाखाले जनाएको छ । महाशाखाले होलीमा सवारी दुर्घटना हुन नदिन विहान ६ बजेबाटै सवारी साधनको चेकजाँचलाई कडा पारेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);