ट्राफिक कारवाहीबाट इलाममा ८० लाख राजश्व संकलन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ट्राफिक कारवाहीबाट इलाममा ८० लाख राजश्व संकलन

traffic illam karbahi

इलाम, ९ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले गएको आर्थिक बर्षमा सवारी नियम मिच्ने सवारी साधनहरुलाई कारबाही गरेर ८० लाख राजश्व संकलन गरेको छ । गएको आर्थिक बर्ष भित्र सवारी नियम मिच्ने १३ हजार छ सय १० सवारी साधनलाई कारबाही गरेर ८० लाख राजश्व संकलन गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्याल इलामले नियम मिचेर सवारी साधन चलाउनेहरुलाई कारबाही गर्दै आएको छ । गएको आर्थिक बर्ष २०७५/०७६ मा मात्र जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले १३ हजार छ सय १० सवारी साधनलाई कारबाही गरेर ८० लाख १४ हजार पाँच सय रुपैँया राजश्व संकलन गरेको छ ।

कारबाही हुनेमा एक बर्षमा पाँच हजार चार सय ९५ वटा जिप, कार, भेनले सवारी नियम मिचेको पाइएको छ भने पाँच हजार एकसय २२ वटा मोटरसाईकल, एक हजार नौ सय चार वटा ट्रक, चार सय ४० वटा बस र छ सय ४९ वटा टयाक्टरले सवारी नियम मिचेको कार्यालय प्रमुख दिलिपकुमार चौधरीले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७४/०७५ मा भने १४ हजार नौ सय ८६ सवारी साधन काराबाहीमा परेका थिए । जसबाट ८१ लाख ९२ हजार रुपैँया राजश्व संकलन भएको थियो । ट्राफिक प्रहरीको चार आर्थिक बर्षको तथ्याङ्कलाइृ हेर्दा सबैभन्दा बढी आर्थिक वर्ष २०७२/०७३ मा १५ हजार छ सय २८ सवारी साधनले सवारी नियम मिचेको तथ्यांकमा उल्लेख छ ।

सो आर्थिक बर्षमा प्रहरीले ५१ लाख ७० हजार तीन सय ५० रुपैयाँ राजश्व संकलन गरेको थियो । यस्तै ०७३/०७४ मा ९ हजार ६ सय ५५ ले सवारी नियम मिच्दा ५३ लाख ८२ हजार पाँच सय रुपैँया राजश्व संकलन भएको थियो ।

ट्राफिक प्रहरीको तथ्याङ्कले सवारी नियम मिच्ने सवारी साधन बढ्दो क्रममा देखिएको छ । तर ट्राफिक प्रहरी कार्यालयले सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भइरहेको जनाएको छ । चार बर्षको तथ्याङ्क अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेको सङख्या पनि उच्च् देखिन्छ ।

चारबर्षमा एकहजार आठ सय २५ जना रहेका छन् । जसमा सबैभन्दा बढी गत आर्थिक वर्ष ०७५/०७६ मै रहेको छ । सो आर्थिक बर्षमा आठ सय ४० जनाले मापसे गरेर सवारी चलाएको तथ्याङ्कले देखाएको छ ।

यता नियममा कडाइ गरेपछि सवारी दुर्घटनाका घटना न्युनिकरण भने हुँदै गएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);