काठमाडौँ ।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोषिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति सरकार र अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठाउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न उठाउनुभएको हो । उहाँले प्रसव पीडामा रहेकी महिलालाई तत्काल अस्पतालमा भर्ना गरी सुरक्षित प्रसूतिको व्यवस्था गर्नुपर्नेमा अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनुमा अस्पताल प्रशासनको कमजोरी रहेको बताउनुभयो ।
उहाँले संविधानले स्वास्थ्य, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरेपनि नागरिकले व्यवहारमा त्यसको अनुभूति गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । उहाँले अस्पताल प्रशासनले बिरामी अस्पतालबाट कहिले र कसरी बाहिरिइन् भन्नेबारे समेत जानकारी भनी दिएको जवाफप्रति समेत आपत्ति जनाउनुभयो । राजविराज नगरपालिका–१४ पर्साही निवासी हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएकोमााा उनीसँग उपचारका लागि आवश्यक रकम नभएको भन्दै अस्पतालले भर्ना गर्न अस्वीकार गरेको थियो । पासवानसँग तत्काल २ हजार ५ सय रुपैयाँ मात्र रहेको र सो रकमका कारण अस्पतालले भर्ना लिन अस्वीकार गरिएको छ ।उहाँले बबिताजस्ता हरेक सुत्केरी र प्रसव पीडा भएका महलिासम्म राज्य पुग्नुपर्ने बताउनुभयो ।
This website uses cookies.