देश/समाज

नेकपाको प्रश्न– सरकारले बिचौलीको प्रभावमा परेर विद्युतीय खरिद प्रणाली बन्द गर्न खोजेको हो ?

काठमाडौँ ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (ईजीपी) बन्द गर्न लागेको जानकारीमा भएको भन्दै जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले ईजीपी प्रणाली ह्याक भएको भन्दै सरकारले बन्द गर्न लागेको सूचना प्राप्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले ह्याक भएको भन्दै बिचौलीको प्रभावमा सरकारले ईजीपी प्रणाली नै बन्द गरेर नयाँ प्रणाली ल्याउने तयारी गरिहरहेको सूचना प्राप्त भएको पनि बताउनुभयो । उहाँले ईजीपी सिस्टम तत्काल खुलाई पूर्ण सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले ह्याक भएको भए ह्याकिङमा संलग्नहरुलाई छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने समेत बताउनुभयो ।डिजिटल शासन र सुशासनको प्रतिबद्धता जनाएको सरकारले ईजीपी हटाएर पुनः कागजी प्रक्रियातर्फ फर्किनु विडम्बना हुने उहाँको भनाइ छ ।

Related Post
Share

This website uses cookies.