देश/समाज

होल्डिङ सेन्टरमा बाढीपीडित नागरिकको सुरक्षा तथा अस्थायी पुनस्र्थापनाको व्यवस्था गर्न काँग्रेस सांसद केसीको माग

काठमाडौँ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा नागरिकको सुरक्षा तथा अस्थायी पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिकाहरुमा असुरक्षा तथा स्वास्थ्य जोखिममा रहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आवतजावत पूर्णरूपमा विच्छेद भएको भन्दै तत्काल वैकल्पिक यातायात व्यवस्था गर्न पनि माग गर्नुभयो । उहाँले बेत्रावतीदेखि गल्छीसम्म सञ्चालनमा रहेका दुईवटा तुइनले मात्र आवतजावतको समस्या समाधान नहुने भन्दै कम्तीमा पाँचवटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।उहाँले खोज तथा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन पनि माग गर्नुभयो ।

Related Post
Share

This website uses cookies.