न्यायाधीशलाई यसपटक मात्रै होइन, शायद कहिले पनि भेटेको छैन : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

न्यायाधीशलाई यसपटक मात्रै होइन, शायद कहिले पनि भेटेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटघाट गरेको भन्ने विषय प्रमाणित गर्न चुनौति दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाण्डौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “मैले यसपटक मात्रै होइन, शायद कहिले पनि भेटेको छैन ।”

प्रधानमन्त्री ओलीले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम गरेको उल्लेख गर्नुभयो । उहाँले भेटघाटबारे समाचार छाप्ने संञ्चारमाध्यमलाई ‘झुट बोल्ने कर्तव्यको ठेक्का लिएको ’संज्ञा दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो “न्यायप्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ । उहाँहरु यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छुहुन्छ ? ” उहाँले मिडिया मार्फत लोकतान्त्रिक संस्थाहरुमाथि हमला गर्ने काम भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीलेले भन्नुभयो “एउटा पत्रिका जो झुट बोल्ने कर्तव्यको ठेक्का लिएर बसेको छ । हिजो सर्वोच्च अदालतले खण्डन गरिसकेको छ । आज फेरी पनि के न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेकै हो भनेर आज पनि समाचार आएको छ । लाज पनि लाग्न पर्छ । लोकतान्त्रिक संस्थाहरुमाथिको हमला । ”

प्रतिनिधिसभा विघटनको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संबैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधिसभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाउनुभएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);