प्रतिनिधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भयो : नेता पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रतिनिधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भयो : नेता पौडेल

चितवन, ३ माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनःस्थापना गरेर नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गर्नु भएको छ ।

चितवनको भरतपुर महानगरपालिकाद्धारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पौडेलले प्रतिनिधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भएको बताउदै सर्वोच्च अदालतले न्याय दिनेमा विश्वास व्यक्त गर्नुभयो । नेता पौडेलले नेपाली कांग्रेस चुनावमा नजाने भन्ने हुँदै नभएको बताउँदै चुनाव भन्दा ठुलो संविधान र लोकतन्त्र हुने स्पष्ट पार्नुभयो ।

वरिष्ठ नेता पौडेलले चुनाव गराउनका लागि प्रतिनिधिसभा भंग नगरेको बताउदै मुलुकलाई संकट तर्फ धकेल्नका लागि भएको प्रतिनीधिसभा भंग भएको बताउनु भयो । उहाँले भोली चुनाव पनि नहुने प्रतिनिधिसभा पनि नहुने अवस्थामा नेपाली जनताले ७० वर्ष संर्घष गरेर ल्याएको संविधान र राजनीति व्यवस्थाको हालत के हुन्छ भनी प्रश्न गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);