जिम्मेवारीपुर्वक मतदान गर्न नेता पौडेलको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

तनहुँ, २१ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् गृह जिल्ला तनहुँको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन समृद्धितर्फको यात्रा भएकाले मतदान गरेर राष्ट्रिय कर्तव्य पूरा गर्न मतदातासँग आग्रह गरेका छन्।

पौडेलले देशमा आमुल परिवर्तन ल्याउनका लागि अहिलेको चुनाव निकै महत्वपुर्ण भएको बताउँदै मतदातालाई जिम्मेवारीपुर्वक मतदान गर्न आग्रह समेत गरेका छन्।

उनले राष्ट्र, समाज र भविष्यप्रतिको कर्तव्य पूरा गर्न निर्भयतापूर्वक मतदानमा सहभागी हुन आग्रह गरे।

कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँमा प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग प्रतिष्पर्धामा छन्। तनहुँमा २ लाख ११ हजार ३ सय ९६ मतदाता मतदानमा सहभागी हुँदैछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);