प्रतिनिधिसभा विघटनले जनभावनामा ठेस पुर्‍यायो : नेता पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रतिनिधिसभा विघटनले जनभावनामा ठेस पुर्‍यायो : नेता पौडेल

म्याग्दी, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल पक्षका नेता तथा गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले प्रतिनिधि सभा विघटनले आफूलाई अचम्मित बनाएको बताउनु भएको छ ।

म्याग्दीमा आइतबार भएको अगुवा कार्यकर्तामा भेलामा बोल्दै नेता पौडेलले नियम कानुन र पद्धतिले २ बर्ष सम्म संविधान विघटन गर्न नपाउने प्रावधान रहेको पनि जानकारी गराउनुभयो । उहाँले सरकारलाई काम गर्न नदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गलत आरोप लगाएको बताउँदै प्रतिनिधिसभा विघटनले जनभावनामा ठेस पु¥याएको बताउनु भयो ।

त्यसैगरी नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कार्यकर्ताको मनोभावना विपरीत २ अध्यक्ष बनाएर सरकारको अंगहरु प्रधानमन्त्री, राष्ट्रपति, राष्ट्रिय सभाको अध्यक्ष, उपसभामुख, संवैधानिक निकाय, राजदुत, निर्वाचन आयोग देखि न्यायलय सम्म आफ्नो मान्छे भर्ती गरेको आरोप लगाउनु भयो ।

उहाँले प्रधानमन्त्रीले कब्जा गरेको निकायको जानेर वा नजानेर प्रचण्ड पनि त्यसको साक्षी भएको बताउनु भयो । न्यायलयमा केपी ओलीका न्यायधीवक्ताहरु प्रधानन्यायधीस बन्ने लाइनमा संख्या, क्रमसंख्या, वरियता गनेर बसेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);