प्रधानमन्त्री ओलीकै पक्षमा जनमत उर्लिएको छ : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

प्रधानमन्त्री ओलीकै पक्षमा जनमत उर्लिएको छ : मन्त्री अर्याल

guthi jagga-padma aryal

अरबिन्द्र गौतम
काभ्रेपलान्चोक, १५ माघ
। कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अफवाह र पदबाट हटाउनु पर्ने बाध्यताको पार्टीकै नेताहरुले अतिक्रमित जमिन समेटेर नक्सा जारी गरे पछि यस्तो खेल खेलेको बताउनु भएको छ ।

अखिल नेपाल महिला संघ काभ्रेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री अर्यालले पार्टी चलाउन सकिन भनेर राजीनामा दिने माधव नेपाल र पार्टी विघटनको प्रस्ताव लगेर प्रचण्ड असफल भएको र समृद्धिको यात्रामा लम्किरहेको ओलि सरकारलाई ठेस लगाउने काम भएको मन्त्री अर्यालल बताउनु भयो।

मन्त्री अर्यालले भन्नुभयो ‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकै मुहार फेर्ने गरी योजनाहरु बनाउनु भयो पार्टीलाई दुई तिहाई नजिक पु¥याउनुको साथै जनताको मन जित्नु भयो । फेरी पनि केपी ओलीकै पक्षमा जनमत उर्लिएको छ फेरि पनि हामी जित्ने छौ केपी शर्मा ओली नेतृत्वको सरकारले सबै जनतालाई समेट्ने र विकासका कामलाई तीव्र रूपमा अघि बढाउन थालेपछि आफ्नै पार्टीका केही नेतालाई असहय भएको हो’ ।

प्रचण्डले ३१ वर्ष आफैंले नेतृत्व गरेको कम्युनिष्ट पार्टी विघटनको प्रस्ताव केन्द्रीय कमिटीमा लगेको, मन्त्री अर्यालले बताउनुभयो। पतनको दिशामा पुगेको कम्युनिष्ट पार्टीलाई केपि शर्मा ओलीले आशा लाग्दो ठाउँमा पुर्याउनुका साथै नेपाललाई विश्वमा चिनाएको पनि उहाँलृे दाबी गर्नुभयो ।

Leave a Reply