प्रधानमन्त्री ओलीको कार्यशैली निरंकुश महेन्द्रबादी हुन : नेता यादव | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

प्रधानमन्त्री ओलीको कार्यशैली निरंकुश महेन्द्रबादी हुन : नेता यादव

जनकपुरधाम, १९ पुष । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश महेन्द्रबादी रहेको आरोप लगाउनु भएको छ । समाजवादी युवा संघको जनकपुरधाममा सुरु भएको दुई दिने युवा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओली असंबैधानिक तरिकाले प्रतिनिधि सभा भंग गर्दै महेन्द्रबादी सोचका साथ अगाढी बढिरहेको आरोप लगाउनु भयो । उहाँले ओली चुनाब गराउन नभई संसद समाप्त गर्दै पछि देशमा संबिधान भंग गरि प्राप्त भएको लोकतंत्रलाई समाप्त पार्न अग्रसर भई जनताको अधिकार खोस्ने ठुलो भस्मासुर रहेको बताउनु भएको छ ।

उहाँले लोकतंत्रको वकालत गर्ने काँग्रेस पछि ओलीको पछाडी लागेकाले अगामी दिनमा काँग्रेसबाट लोकतंत्रको रक्षा नहुने र कम्युनिष्टमा लोकतंन्त्र नहुने हुँदा बैँकल्पिक शक्तिको रुपमा जसपा नै रहेको बताउनु भयो । नेता यादवले देशको संविधान परिमार्जन गरेर सबैको संविधान बनाउनुको साटो प्रधानमन्त्री ओली प्राप्त अधिकारलाई नष्ट पार्ने गरी संविधानमाथी नै धावा बोलेको आरोप लगाउँदै भन्नु भयो बहुमत पाएको सरकारले संविधानलाई सबैको संविधान बनाउनु पथ्र्यो, जबकि ओलीजी ले पार्टी भित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर तानाशाही प्रवृति देखाएका छन् ।

सो कार्यक्रममा बोल्दै जसपाका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य शरत्सिँह भंडारीले प्रधानमन्त्री ओलीलाई कालीदासको संज्ञा दिनु भयो । उहाँले दुई तिहाईको बहुमत पाएको सरकारले आफ्नो सरकार खसाएर आधा टुक्रा पारेर फेरी बहुमत ल्याउने भन्नु कालीदास जस्तै रहेको बताउनु भयो । ओलीलाई संयिघयता नचाहिएको भन्दै प्रधानमन्त्री चुनाब गराउन होईन जसरी पनि कुर्सीमा बस्ने कमाउनिष्ट नै रहेको आरोप लगाउनु भयो ।

सो कार्यक्रममा बोल्दै जसपाका कार्यकारिणी सदस्य तथा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेस संग संघियता सम्बन्धमा स्पष्ट नीति नरहेको आरोप लगाउदै केपी ओलीको असंबैधानिक कदमको विरुद्धमा एकजुट भई अगाढी बढनु पर्ने बताउनु भयो । युवा संघका अध्यक्ष योगेन्द्र राय यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यकारिणी सदस्य एवं प्रदेश २का आर्थिक मामिला मन्त्री विजय कुमार यादव, राज्यमन्त्री उषा यादव, केन्द्रिय सदस्य महाजन यादव, विभा पाण्डे सहितका वक्ताहरुले सम्बोधन गरेको थिए ।

Leave a Reply