निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको: माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको: माधव नेपाल

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र नेपाली जनताको जित भएको बताएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएका नेता नेपालले संसद बैठकपछि नेपाली जनताको जित भएको बताएका छन् ।

नेता नेपालले यो प्रतिनिधि सभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको तर त्यो असफल भइ निरंकुश प्रवृत्तिमा अंकुश लागेको बताउँदै जनता, लोकतन्त्र र संविधानको जित भएको बताएका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्त विध्वंशकारी हर्कत पतन भएको बताएका छन् । ओली सरकार पतनपछि हामीले शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका भन्दै डा. भट्टराईले यो एक प्रकारको ०६५ / ६६ पछि कांग्रेस, माओवादी र मधेशी दलको टुटेको सहकार्य फेरि जोडिएको बताए ।

यो सरकार निर्माण हुनु अहिलेको आवश्यक्ता रहेको समेत उनको भनाई थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);