संसद्बाट सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउदैनौ : मन्त्री अर्याल | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

संसद्बाट सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउदैनौ : मन्त्री अर्याल

स्याङ्जा, २१ फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताएकी छिन्। गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको एवं विरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको प्रसंग उल्लेख गर्दै उनले सरकार हटाउने नै भए विधि, प्रक्रियामार्फत आउन आग्रह गरेकी छिन् । ‘हामी सम्मानित संसदबाट सरकार फेर्दा खुसी नै हुन्छौ । हामी जनताका मान्छे हौँ, जनताकोबीचमा आउँदा खुसी नै हुन्छौं’, मन्त्री अर्यालले भने, ‘तर संसद आह्वान भएको छ । प्रधानमन्त्री हटाउछांै भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ ।

संसद् सुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर हामी सडकमा आउने वाला छैनौं ।’ पार्टीका शीर्ष नेतृत्वबीचको अस्वस्थ खेल, पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको उनले दावी गरिन् । यसले अस्थिरता ल्याएको भन्दै फेरि सत्ताको गणितीय खेल शुरु भएको उनको भनाई छ ।

मन्त्री अर्यालले सरकारले इतिहासमा छुटाइएको लिम्पियाधुरासम्मको भूमि समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको सरकारमाथि हमला भएको दोहो¥इन् । सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल सुरु भएको भन्दै उनले त्यो कुरा पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताईन् । सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापन गरेर नेपाली सामथ्र्य विश्वमा परिचित गराएको पनि मन्त्री अर्यालको दावी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);