मलको अभाव नभएको कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मलको अभाव नभएको कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालको दाबी

limpudhara-mantri aryal

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले मलको अभाव नभएको दाबी गरेकी छिन् ।

शुक्रबार कृषि सामग्री कम्पनी लिमिटेडमा रासायनिक मलको अवस्थाको बारेमा अनुगमन गरेपछि मन्त्री अर्यालले खेती लगाउने प्रयोजनको निम्ति मलको अभाव नभएको दाबी गरेकी छिन् ।

मल पर्याप्त रहेपनि वितरणमा देखिएको समस्यालाई पनि छिटोभन्दा छिटो समाधान गरिने उनले बताइन् ।

उनले कृषि सामग्री कम्पनी लिमिटेडलाई कृषकको पहिचान सहित मल वितरणको व्यवस्था मिलाउन निर्देशन समेत दिएका छन् । उनले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडलाई आपुर्ति र वितरणको दैनिक विवरण कृषि मन्त्रालयमा पेश गर्न निर्देशन पनि दिएकी छिन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले हाल रासायनिक मल यूरिया करिब २१ हजार ८६ डि.ए.पी ४० हजार , पोटास ४ हजार १ सय र कृषि चुन ४ सय ४५ मेट्रिक टन मौज्दात रहेको बताएकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);