धान रोपाइको समयमा झापामा रासायनिक मलको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

धान रोपाइको समयमा झापामा रासायनिक मलको चरम अभाव

डिएपी मल

पुजन घिमिरे
झापा, २१ असार । झापामा धान रोपाइको समयमा आवश्यक पर्ने रासायनिक मलको चरम अभाव भएको छ । सिँचाई गर्न पानीको अभावको समाना गर्दै आएका झापाली कृषकहरुले रासायनिक मल समेत नपाँउदा मारमा परेका छन् ।

झापाका केही किसानले धान रोपे पनि अहिलेसम्म डीएपी मल नपाउँदा किसान निरास बनेका छन् । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमा अहिले मल छैन ।

जिल्लामा धान रोपाईँका लागि पाँच हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा बिर्तामोड कार्यालयमा युरिया, पोटास मौज्दात रहेपनि डिएपी मलभने उपलब्ध छैन ।

कृषि सामग्री कार्यालयले यहीँ असार १५ सम्म १ सय २५ मेट्रिकटन मात्र डिएपी मल वितरण गरेको थियो । स्थानीय निकायले अनुगमन नगर्दा रासायनिक मल बेच्ने सहकारी संस्थाले आफू खुशी मल वितरण गरेकाले लक्षित किसानसम्म मल पुग्न नसकेको किसानको गुनासो छ ।

कृषि सामग्री केन्द्रले ७० प्रतिशत र ट्रेडिङले ३० प्रतिशत मल आपूर्ति गर्दै आएका छन् । केन्द्रले मात्र जिल्लाका १ सय १० सहकारी संस्थामार्फत किसानसम्म रासायनिक मल पठाउँदै आएको छ । गोदाममा युरिया मल भएपनि केन्द्रबाटै डीएपी मल उपलब्ध नभएपछी कृषकलाई दिन नसकीएको कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोडले जनाएको छ ।

झापामा ९० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । विगत वर्षभन्दा यसवर्ष रासायनिक मलको माग बढी भएपनि उपलब्ध गराउन नसकिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । कृषि प्रधान देशमा मुख्य खेतीको रुपमा रहेको धान रोपाईको समयमा हरेक बर्ष मल अभावले किसानहरुलाई निराश बनाउने गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);