कैलालीमा रासायनिक मलको अभाव, कृषक मारमा | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

कैलालीमा रासायनिक मलको अभाव, कृषक मारमा

rasayanik-mal-chemical-fert

श्रवण देउवा
कैलाली, २२ असार । कैलालीमा रासायनिक मलको अभाव भएको छ । ढिलो गरि धान रोपाइँ सुरु भएपनि डिएपी मलको अभाव भएपछि कृषकहरु मारमा परेका छन् । मलको अभाव भएपछि कतिपय कृषकले रोपाइँ समेत गर्न पाएका छैनन् ।

मनसुन सक्रिय भएसँगै कैलालीको अधिकांश क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । ढिलो गरि धान रोपाइँ सुरु भएपनि डिएपी मलको अभाव भएपछि कृषकहरु मारमा परेका छन् । प्रदेश नम्बर ७ का ९ वटा जिल्लामो कृषि सामग्री केन्द्र लिमिटेड धनगढीले मल वितरण गर्दै आएको छ । तर, धान रोपाइँको समयमा आवश्यक पर्ने डिएपी मल अभाव भएपछि कतिपय कृषकहरुले रोपाइँ नै गर्न पाएका छैनन् ।

कृषि सामाग्री कम्पनी लिमिटेडसँग ८ सय मेट्रिकटन युरिया र १ सय ८० टन पोटास मौज्दात रहेपनि धान रोपाइँका लागि चाहिने डिएपी मल भने छैन । तर कृषि सामाग्री कम्पनीले भने १० प्रतिशतलाई मात्र मल अपुग भएको प्रतिक्रिया दिएको छ ।

साल्टे«डिङ धनगढीले भने ३० प्रतिशत मात्रै मल वितरणको जिम्मेवारी पाएकाले जेठको अन्तिम सातासम्म ३० प्रतिशत मल वितरण गरिसकेको जनाएको छ । मलको अभावले धान उत्पादनमा कमि हुने भन्दै कृषक चिन्तित भएका छन् । उनीहरुले तत्काल मलको व्यवस्था गर्न माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);