बजारमा मलको अभाव, देशभरका किसानहरु चिन्तित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बजारमा मलको अभाव, देशभरका किसानहरु चिन्तित

डिएपी मल

विवेक विश्वकर्मा, सीता शर्मा

भैरहवा, २९ जेठ ।  मध्ये खेतीको यतिबेला बजारमा मलको अभाव देखिन थालेको छ । धान र मकैको लागि मल नपाएपछि देशभरका किसानहरु चिन्तित बनेका छन् । सरकारले वितरण गर्दै आएको अनुदानको मलको समेत अभाव भएपछि मलमा कालोबजारी भएको आशंका गरिएको छ ।

सरकारले किसानहरुका लागि मलमा अनुदान दिने गरेको छ । हरेक वर्ष अनुदानको मल वितरणमा अर्बौ रकम खर्च गरेको सरकारले किसानहरुलाई समयमा मल उपलब्ध भने गराउन सकेको छैन । धान बालिका लागि अतिआवश्यक डिएपी मल अभाव हुँदा देशभरका किसान प्रभावित भएका हुन् । रुपन्देहि जिल्लाका केहि स्थानमा रोपाई सुरु भइसकेको छ तर रोपाईका लागि आवश्यक डिएपी मल किसानले पाउन सकेका छैनन् । अनुदानको मल लिन सहकारी संस्थामा पुगेका किसान खाली हात फर्कनुपर्ने अवस्था छ ।

बजारमा डिएपी मलको चरम अभाव भएको छ भने युरीया र पोटास मल भने केहि सहज देखिएको छ । त्यो पनि किसानहरुले महंगो मुल्यमा किन्न बाध्य छन् । सरकारले विभिन्न सामाजिक र सहकारी संस्थामार्फत अनुदानको मल वितरण गर्दै आएपनि वास्तविक किसानहरुले त्यो मल पाउन सकेका छैनन् । आवश्यक मल समयमा वितरण गर्न नसकेपछी किसानहरु भारतिय बजारमा मल किन्न धाइरहेका छन् ।

सरकारले अनुदानमा मल वितरण गरेपनि किसानका लागि प्रप्यात मल भने आयात हुन सकेको छैन । बजारमा मलको माग ६ लाख मेट्रिक टन रहेको मन्त्रालयको तथ्याङ छ । तर आयात भने मात्र साढे तिन लाख मेट्रिक टन हुने गरेको छ । सरकारले यो वर्ष अनुदानको मलका लागी ९ अर्ब विनियोजन गरेको थियो । विनियोजित रकम पनि अर्थ मन्त्रालयले समय नपठाउदा मल खरिदमा ढिलाई भएको कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपाणी खनालको भनाई छ ।

बजारमा अभाव भएको डिएपी मल असार १५ सम्म आइपुग्ने मन्त्रालयले जनाएको छ तर असार १५ सम्म कतिपय किसानहरुले धान रोपेर सकाउने छन् । हरेक वर्ष मलको अभाव दोहोरीने भएपनि सरकार बेलैमा यसमा गम्भीर देखिएको छैन । सहकारीबाट वितरण हुने मलमा पनि कालोबजारी हुने गरिएको आशंका छ । गोदाममा मल लुकाउने र कृतिम अभाव सृजना गरी महंगोमा मल बेचेको पनि भेटिएका छन् । सरकार र अनुगमनकारी निकाय यति हुँदा पनि मौन देखिनुमा मिलेमतोमा यस्तो भइरहेको छ भनेर बुझ्न गाह्रो छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);