दाङमा रासायनिक मलको चरम अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

दाङमा रासायनिक मलको चरम अभाव

rasayanik mal

गोपाल शर्मा भट्टाराई,
दाङ, २८ जेठ । दाङमा रासायनिक मलको चरम अभाव भएको छ । बर्खे बाली सुरु भएसँगै मलको अभाव भएको हो । मलको अभाव भएपछि धान मकैको उत्पादन घट्ने भन्दै कृषक चिन्तित भएका छन् ।

बर्खे बाली सुरु भएसँगै दाङमा डिएपी मलको चरम अभाव भएको हो । सरकारले अनुदानमा दिँदै आएको मलको अभाव भएको कृषि सामग्री केन्द्रले जनाएको छ । दाङमा ४ हजार मेट्रिक टन डिएपी मलको आबश्यकता रहेपनि १५ सय मेट्रिक टन मात्रै कृषकलाई वितरण गरिएको छ । मल लिनका लागि आएका कृषक रित्तो हात फर्किन बाध्य भएका छन् । केन्द्रबाट नै डिएपीमल आबश्यकता अनुसार उपलब्ध नगराउदा र मलको जिम्मा लिएको साल्ट ट्रेडिङले जिम्मेवारी पूर्वक काम नगर्दा अभाव भएको हो ।

केन्द्रले ७० प्रतिशत र टेडिङले ३० प्रतिशत मल दाङमा आपुर्ति गर्दै आएको छ । दाङमा डिएपी र युरिया ४ हजार मेट्रिक टन र पोटास एक सय मेट्रिक टन मल बर्सेनी खपत हुने गरेको छ । अनुदानमा प्राप्त हुने रासायनिक मल नपाउँदा महंगोमा व्यवसायीबाट खरिद गर्नुपरेको कृषकको गुनासो छ । मल नपाउँदा धानको ब्याड राख्न र मकै रोप्न समस्या भएको कृषकको भनाइ छ ।

सहकारीले कृषि सामग्रीबाट मल लिएर कृषकलाई वितरण गरिरहेको भएपनि यो वर्ष डिएपी मल माग अनुसार दिन सकेको छैन । मलको अभावले बर्खे बालीको उत्पादान घट्ने भन्दै कृषक चिन्तित भएका छन् । खेतीको समय सुरु भएकाले तत्काल सम्बन्धित निकायले मल उपलब्ध गराउनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);