रौतहटमा १२ बर्षीय बालकको अपहरणपछि हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रौतहटमा १२ बर्षीय बालकको अपहरणपछि हत्या

balak hatya

रौतहट,२८ जेठ । रौतहटमा १२ बर्षीय बालकलाई अपहरणपछि हत्या गरिएको छ ।

रौतहटको कटहरिया नगरपालिका–९ स्थित डुुमरिया गाउँका युवराज साहको अपहरणपछि हत्या गरिएको हो । युवराजको गाउँबाट ३० किलोमिटर पूर्व बागमती नदी किनारबाट आज शव बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले जानकारी दिए । युवराजको टाउकोमा चोट देखिएको छ ।

शनिबार राति खाना खाएर सुतेका युवराज आइतबार विहान घरमा नदेखिएपछि परिवारका सदस्यले प्रहरीमा खबर गरेका थिए । प्रहरीले अपहरण तथा हत्याको आरोपमा पाँच जना स्थानीयलाई पक्राउ गरेको छ । अपहरण तथा हत्याको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);