आमाको काखबाटै अपहरित आठमहिने शिशुको हत्या ! | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आमाको काखबाटै अपहरित आठमहिने शिशुको हत्या !

sisu hatya

काठमाडौं, १२ भदौ । खेलाउने बहानामा आमको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हतया भएको छ । औरही नगरपालिका — १ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ ।

आईतबार साँझ साढे ६ बजे खेलाउने बहनामा अपरिचित एक युवकले आमा इन्दे्रश चौधरीको काखमा रहेकी सोनालीलाई अपहरण गरेका थिए । भगहा नगरपालिकाअन्र्तगत मेघनाथ गोरहन्नाको अंकुश नदी पश्चिममा रहेको फेकु चौधरीको बंगैचामा आँपको रुखमुति सोमबार दिउँसो शिशुको शव भेटिएको थियो ।

हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);