निर्मला हत्या प्रकरणः आफन्त जोगाउन मोडियो घट्ना ! 'राहत होइन, दोषी पत्ता लगाउ' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

निर्मला हत्या प्रकरणः आफन्त जोगाउन मोडियो घट्ना ! ‘राहत होइन, दोषी पत्ता लगाउ’

house

कञ्चनपुर, १२ भदौ । निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशनी बम र बबिता बमको घरबाट अनुसन्धान गर्नुपर्छ भनेर प्रहरीलाई कसैे भनिराख्नुपर्ने विषय होईन ।

तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्टको टोली मात्र होईन केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्ने चासो दिएनन् । साउन ११ गतेदेखि स्थानीयको प्रदर्शनको चुरो यही कुरामा थियो ।, बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान नगरेकाले प्रहरीको दोषी बचाउने शंकास्पद भुमिका देखेर हामीले आन्दोलन गरेका हौँ, स्थानीय उर्मिला शाहीले भनिन् ।
एक महिना लामोे आन्दोलन चर्केर एकजनाको मृत्यु र धेरै घाईते हुने अवस्था पुग्दासम्म प्रहरी उपरीक्षक विष्ट र जोशीको टोलीले बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्न नमान्नुको कारण के थियो । आन्दोलनको बलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक बदलिएपछि मात्र बम दिदीबहिनीलाइ पक्राउ गरेर अनुसन्धन सुरु गरिएको छ । प्रहरीले अदालतबाट ६ दिन म्याद थप गरेर रोशनी र बबितामाथि अनुसन्धान सुरु गरेको छ ।

भीमदत्त नगरपालिका — २ एलटाखामकी १३ बर्षीया निर्मला पन्त साउन ११ गत्ते उखुवारीमा मृत फेला परिन् । शव भेटिएको सोमबार एक महिना वितिसक्दा पनि अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्न सकेको छैन्। आफुहरुलाई पहिले राहतभन्दा पनि निर्मलाको हत्याराको अनुहार देख्न मन भएको उनकी आमा दुर्गादेवी पन्त बताउँछिन् । हामीलाई अहिले राज भन्दा पनि निर्मलाको हत्यारालाई कारवाही गरेको देख्न मन छ, उनले भनिन् । , यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);