निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान उच्च प्राथमिकतामा : प्रहरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान उच्च प्राथमिकतामा : प्रहरी

nirmala

काठमाडौं, ८ माघ । नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिइएको स्पष्ट पारेको छ ।

निर्मला हत्या प्रकरण प्रतिष्ठाको विषयसमेत बन्न गएको उल्लेख गर्दै नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अझ मेहनतसहित अनुसन्धानको काम उच्च प्राथमिकताका साथ अघि बढाइएको बताए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीयले आवश्यक सहयोग नगरेकाले सो हत्या प्रकरणको छानवीनमा ढिलाई भएको स्पष्टिकरण दिए । प्रवक्ता सुवेदीले सो प्रकरणमा बम दिदीबहिनी बबिता र रोशनीको संलग्नता नरहेको दावी गरेका छन् ।

सो प्रकरणमा बम दिदीबहिनी संलग्न रहेको कुनै पनि प्रमाण हालसम्म फेला नपरेको र अदालतले पनि त्यस्तो कुनै आदेश नदिएकाले उनीहरुलाई दोषी करार गर्न नसकिने प्रवक्ता सुवेदीको तर्क छ ।

प्रहरीले ‘लिटिल बुद्ध’को नामले चर्चित धर्मगुरु भनिएका रामबहादुर बञ्चनमाथि ५ जना आनीहरु वेपत्ता पारेको उजुरी परेको उल्लेख गर्दै त्यस सम्बन्धमा छानवीन सुरु गरिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);