निर्मला हत्याको १० महिना : प्रहरी अझै ‘सुराक’कै खोजीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्मला हत्याको १० महिना : प्रहरी अझै ‘सुराक’कै खोजीमा

nirmala ra yagya

धनगढी, ११ जेठ । कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १० महिना पुगेको छ। उनको हत्यारा पत्ता लगाउन देशैभरि आन्दोलन भए। सडक र सदन दुवै ताते। महेन्द्रनगरमा भएको आन्दोलनका क्रममा शनी खुनाको मृत्यु भयो भने केही घाइते भए।

निर्मलाका आमा र बुबाले प्रहरी प्रमुख, मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीसम्म भेटेर हत्यारा पत्ता लगाउन बिन्ती गरे। पीडित आमाबुबासहित आफन्त चार महिनासम्म अनवरत धर्ना बसे। तर निकै चर्चा पाएको र सरकारले धेरै दबाब खेपेको निर्मला पन्त हत्याकाण्डको रहस्य १० महिना हुँदा पनि खुल्न सकेको छैन।

हत्यारा पत्ता नलागेपछि यसअघि दबाब दिन संघर्षमा उत्रेका स्थानीय, अधिकारकर्मी, निर्मलाका आमाबुबालगायत आफन्त पनि सुस्ताएका छन्। ‘छोरीको हत्या भएको १० महिना भइसक्यो। न्यायका लागि संघर्ष गर्दागर्दै बिरामी परेर आफ्नै ज्यान जाने अवस्था बन्यो,’ निर्मलाका बुबा यज्ञराज पन्त भन्छन्, ‘सरकारले हत्यारा पत्ता लगाउँदैन, कहिलेसम्म संघर्ष गर्नेर्,, कहिलेसम्म धाइराख्ने, कहिलेसम्म कुर्ने ?’

प्रहरी ‘सुराक’कै खोजीमा

कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्य निर्मला पन्तको सबै कोणबाट अनुसन्धान जारी रहेको बताउँछन्। ‘अहिलेसम्म कुनै तथ्य फेला परेको छैन,’ उनले भने, ‘अपराधीसम्म पुग्ने नयाँ–नयाँ क्ल्यु खोजेर अनुसन्धान गरिरहेका छौं।’ सिआइबीको टोलीले पनि अनुसन्धान जारी राखेको छ।

प्रहरीले निर्मलालाई पहिचान गरेकै व्यक्तिबाट घटना भएको हुन सक्ने भन्दै गाउँ र छिमेकीमाथि अनुसन्धान ग¥यो। त्यो गाउँ र गाउँ वरपर घटनाका बेला भएका र पछि भारततिर गएकाहरू पत्ता लगाएर प्रहरीले अनुसन्धान गरिरहेको छ। ‘घटनाका बेला गाउँमा भएर अहिले नभएकाको अनुसन्धान जारी छ, तर अझै धेरै कुरा खुल्न सकेको छैन,’ एक प्रहरी अधिकृतले भने। अनुसन्धानका क्रममा प्रहरीले करिब चार हजार कल डिटेल अध्ययन तथा दुई सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको थियो।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);