देउवा सरकारमाथि सर्वत्र प्रश्न, ‘खोई निर्मलाको हत्यारा ?’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

देउवा सरकारमाथि सर्वत्र प्रश्न, ‘खोई निर्मलाको हत्यारा ?’

पुष्कर भट्ट
कञ्चनपुर ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको तीन बर्ष पूरा भएको छ । तीन बर्ष पूरा हुँदा समेत न हत्यारा पत्ता लागेको न निर्मलाको परिवारलाई न्याय नै । साथीको घरमा होमवर्क गर्छु भन्दै घरबाट हिँडेकी निर्मला कहिल्यै नफर्किने गरि बलात्कारीको शिकारमा परेकी थिइन् । ०७५ साउन १० गते भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हराएको दिन हो ।

निर्मला हत्याकाण्डदेखि कञ्चनपुरका दर्जनौँ प्रहरी प्रमुख फेरिए तर, बलात्कारपछि हत्या गरिएकी निर्मलाका वास्तविक हत्यारा अझै पत्ता लागेका छैनन् । तत्कालीन समयमा प्रतिपक्षमा रहेको देउवा नेतृत्वको कांग्रेसले एमाले सरकारलाई खोई हत्यारा भन्दै प्रश्न उठाएको थियो । तर अहिले कांग्रेस सरकारमा छ । सभापति शेरबहादुर प्रधानमन्त्री छन् भने कांग्रेस कै बालकृष्ण खाँण गृहमन्त्री । देउवाले प्रधानमन्त्रीको सपथ ग्रहण गरेको आज १३ औं दिन भईसकेको छ तर सरकारमा आएपछि निर्मला हत्या प्रकरणलाई कांग्रेसले सम्झेको छैन । आज ३ वर्ष पूरा भएको भन्दो कांग्रेस प्रवक्ता शर्माले भने अपराधी पत्ता लगाउन प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराईसकेका छन् । सरकार परिवर्तनपछि पन्त परिवारमा न्यायको आशा भने फेरि पलाएको छ । निर्मलाका पिता यज्ञराज पन्तले देशमा प्रधानमन्त्री फेरिएकाले केही आशा पलाएको बताएका छन् । निर्मला पन्तको परिवारलाई भेट्न २०७५ फागुन १८ गते शुक्रबार वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा घरमै पुगेका थिए ।

नेपाली कांग्रेशको पार्टी सभापति एंव पूर्व प्रधानमन्त्रीका हैसियतले घटनाको सात महिनापछि देउवा पीडित परिवारलाई भेट्न कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामस्थित घरमै पुगेका थिए । निर्मला पन्तकी आमा दुर्गादेवी पन्त र बहिनीहरुसँगको भेटमा देउवाले निर्मलाको हत्यारा पत्ता लगाउन आफुहरुले सहयोग र खबरदारी गर्ने बचन दिएका थिए । तर अहिले देउवा नेतृत्व कै सरकार बनेको बेला देउवाले निर्मलाको हत्यारा पत्ता लगाउन के गर्लान् भने चासोको विषय बनेको छ ।

२०७५ साउन १० मा वेपत्ता भएर ११ गते मृत फेला परेकी निर्मलाले ०७८ साउन १० गते आईतबार ३ वर्ष पुरा भयो । तर अहिलेसम्म अपराधी कानुनी दायरमा आउन सकेको छैन् । निर्मला हत्याकाण्डमा सत्ता बाहिर रहदाँ सरकारले हत्यारा लुकाएको र आफुले दोसि पत्ता लगाउन खबरदारी गर्ने बताएका देउवा अहिले पाँचौ पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । देउवाको सत्ता पुनरागमनपछि पीडीत परिवारमा देउवाले न्याय दिलाउन गरेको बचन पूरा गर्लान की भन्ने झिनो आशा पलाएको छ ।

पीडित परिवारले न्याय पाउने आशा मरि सकेको भनेपनि देउवाको सत्तारोहणपछि र उनले दिएको बचन पूरा हुनेमा आशावादी देखिएको हो । निर्मलाकी आमा दुर्गा देवी पन्तले न्यायको आश मरेको बताएकी छिन । उनले अहिलेका प्रधानमन्त्री देउवा घरमै आएर न्याय दिलाउन सहयोग गर्छु भनेर बचन दिनु भएको थियो, अहिले उहाँ नै देशको प्रधानमन्त्री हुनु भएछ, आफ्नो बचन पुरा गर्लान की भन्ने झिनो आशा बाकी रहेको बताईन ।

तत्कालीन सरकारले घटना छानबिनका लागि उच्चस्तरीय छानबिन टोलीदेखि विभिन्न अनुसन्धानका टोली बनाएर पठाउँदा समेत उपलब्धी भएको छैन । बरु राज्यको करोडौँ रकम खर्च भईसकेको छ,तर उपलब्धी शुन्य । कञ्चनपुरमा ६ प्रहरी प्रमुख र नेपाल प्रहरीको तीन प्रमुख फेरिँदा समेत निर्मला हत्याकाण्ड गर्भमै रहेको छ । सुरुमै प्रहरीले निर्मला हत्याकाण्डमा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका १९ का दिलिप सिँह विष्टलाई सार्वजनिक गरेको थियो ।

प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिप विष्टलाई सार्वजनिक गरेको भन्दै स्थानीय सहित केही अधिकारकर्मीले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा स्थानीय युवक सन्नी खुनाले ज्यानै गुमाए, भने अर्जुन भण्डाराले खुट्टा गुमाउनुका साथै दर्जनौँ मानिस घाईते भए । निर्मला हत्याकाण्डलाई लिएर अन्य सहायक मुद्दा मामिला भए तर मुल मुद्दा नै आदालतमा पुगेको छैन । घटनामा संलग्न अशंकामा डेढ सय बढीको डिएनए टेष्ट गरिँदा समेत मुख्य हत्यारा पहिचान भएन ।

सुरुमै कञ्चनपुर प्रहरी र सिआईबीको नेतृत्वले दिलिप विष्ट नै मुख्य हत्यारा भएको भन्दै पक्राउ गरी सार्वजनिक गरिएको थियो । स्थानीयले आन्दोलन गरेपछि उनलाई सरकारी वकिल कार्यालयको रहोबरमा छाडिएको थियो । निर्मला हत्याकाण्ड बारे अहिले पनि राजनीतिक तथा समाजिक वृतमा चर्चा चलिरहन्छ । समाजिक वृतमा चर्चा चलिरहन्छ । घटना घटेको समयमा गुज्रिएपनि घटना बारे चर्चा चलिरहेकै हुन्छ । निर्मलाका हत्यारा को होला ?

निर्मलाको घरमा समाजिक अभियन्ता देखि भिआईपीहरु समेतको ओईरो लाग्यो,तर उनीहरुले हत्यारा आकाश, पाताल धर्ती जहाँकही भएपनि खोलेर ल्याउने आवश्वास दिएका थिए । जिल्लादेखि केन्द्रसम्म निर्मलाको हत्यारा खोजबिनको माग अघि सारेर आन्दोलन भएपनि अहिलेसम्म वास्तविक हत्यारा को हो ? भन्नेमा आशंका नै छ । नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले निर्मलाको हत्या भएको तीन बर्ष वितिसक्दा पनि तत्कालीन सरकारले वास्तविक हत्यारा लुकाएकै कारण पत्ता नलागेको र अहिले नयाँ बनेको सरकारले निर्मलालाई न्याय दिनेछ भन्नेमा आशाबादी रहेको बताईन् ।

कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्दले न्यायको दिप अझै नबुझेको बताउँदै सरकारले चाहे हत्यारा पहिचान हुने बताईन । आइतबार निर्मलाका बाबु यज्ञराज पन्त र सौतेली आमा लक्ष्मी पन्तले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी नियमित रुपमा लागेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने विशेष टोली खटाएर नै अनुसन्धान भईरहेको बताए । सरकार परिवर्तनसँगै पन्त परिवारमा न्यायका लागि जागेको आशालाई देउवा सरकारले पूरा गर्न सक्लान् या उनले आफू प्रतिपक्षमा हुँदा गरेका बाचा अहिले सरकारमा पुगे पछि भुलेका छन् ? यही प्रश्नको जवाफ देउवासँग सबैले खोजिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);