हत्यारा पत्ता लगाउन माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हत्यारा पत्ता लगाउन माग

खोटाङ । खोटाङमा विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  सरकारसमक्ष माग गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयलाई ज्ञापन–पत्र पठाउँदै इन्सेकले २६ माघ ०७३ मा मृत अवस्थामा फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी रिता तामाङ (१७), हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ज्ञानीमायाँ बिश्वकर्मा (५७)  र ४ साउन ०७४ मा हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी देवी बिक (३७) को परिवारलाई न्याय दिन माग गरेको हो ।

इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालमार्फत बुझाएको ज्ञापन–पत्रमा जघन्य  अपराधका घट्नाका दोषीलाई पहिचान गरी कानुनी कठघरामा उभ्याएर पीडित परिवारलाई न्यायको प्रत्याभूति गराउन माग गरिएको छ । तीन महिलाको हत्या भएको वर्षौँ बिते पनि दोषीलाई प्रहरीले अहिलेसम्म पहिचान गर्न सकेको छैन ।

प्रहरीको इन्भेस्टिगेसन टिमबाट समेत दोषी पत्ता लाग्न नसक्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको इन्सेक प्रतिनिधि फुयाँलले बताए । महिलाको हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै जिल्लामा प्रहरीको आलोचना पनि भइरहेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);