सांसद मुक्ताकुमारीका छोरा लोकेशको हत्या भएको कांग्रेसको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सांसद मुक्ताकुमारीका छोरा लोकेशको हत्या भएको कांग्रेसको दाबी

nepali congress

काठमाडौं, २२ असार । प्रमुुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीका राष्ट्रियसभाका सांसद मुक्ताकुमारी यादवका छोरा लोकेशको हत्या भएको भन्दै दोषी पत्ता लगाएर कार्बाही गर्न सरकारसँग माग गरेको छ ।

राष्ट्रियसभाका सांसद बद्रीप्रसाद पाण्डेले सांसद यादवका छोरा लोकेशको हत्यारालाई तत्काल पक्राउ गरी कार्बाही गर्न सरकारसँग माग गरे । राष्ट्रियसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सवारी दुर्घटना नभई लोकेशको हत्या भएको देखिएको दाबी गर्दै दोषीलाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरेका छन् ।

गत चैत्र २ गते धनुषाको पोर्ताहामा सांसद यावदका छोरा लोकेशको धारिलो हतियार प्रयोग गरी हत्या गरेको कांग्रेसको दावी छ । उनले घटनाबारे अनुसन्धान गर्न केन्द्रिय स्तरमै समिति गठन गर्न गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);