कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कांग्रेसद्वारा प्रतिनिधिसभाको बैठक अवरुद्ध

congress sadan

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । चिकित्सक गोविन्द केसीको जीवनरक्षा माग गर्दै दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै कांग्रेसले बैकठमा अवरोध गरेको हो ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको शुक्रबारको बैठकको कारबाही सुरु भएको जानकारी गराउँनै लाग्दा कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आफूहरुले प्रतिनिधिसभा नियमावली अनुसार संसद सचिवालयमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा राख्न माग गरे । उनले सो प्रस्ताव कार्यसूचीमा नराखिएसम्म बैठक चल्न नदिने बताए ।

प्रतिनिधिसभा नियमावली ७१ को ३ अनुसार सम्बन्धीत मन्त्रीसँग परामर्श गरेर छलफलको दिन तोक्ने आश्वासन दिँदै सदन संचालन गर्न दिन पटक पटक गरेको आग्रहलाई प्रतिपक्षी दलका सांसदहरुले अस्वीकार गरे ।

डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि काम गरिरहेको र उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भएकाले सो विषयको छलफललाई प्राथमिकता दिनुपर्ने माग गर्दै कांग्रेस सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख महराले आधाघण्टाको लागि बैठक स्थगित गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);