कांग्रेसद्वारा बिहिवार पनि संसद बैठक अवरुद्ध (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेसद्वारा बिहिवार पनि संसद बैठक अवरुद्ध (भिडियो सहित)

samsad congress bathak abarod

काठमाडौं, १७ माघ ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिवारको संसद बैठक पनि अवरुद्ध गरेको छ । कांग्रेसले चिकित्सा शिक्षा विधेयक सच्याएर अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा गर्न माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

सभामुख कृष्णबहादुर महराले विहिबारको प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको जनाउ दिने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएका थिए । कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुखले कांग्रेस सांसद डाक्टर मिनेन्द्र रिजाललाई बोल्नका लागि समय दिएका थिए ।

बैठकमा सांसद रिजालले प्रतिपक्षी दलको विरोधको आवाजलाई दुई तिहाईको दम्भबाट दबाउने अधिनायवादी शैलीमा सरकार अघि बढेको भन्दै कांग्रेसले सरकारलाई अधिनायवादी बाटोमा हिड्न नदिने चेतावनी दिए ।

रिजालले सरकारले निरिह अनसनकारी डाक्टर केसीको बोली दबाउन दुईतिहाईको दम्भ प्रयोग गरेको आरोप लगाए । उनले रिजालले वार्ता र संवादबाट तत्काल समस्या समाधान निकाल्न सरकारको ध्यानाकर्षण गराए ।

त्यसैगरी कांग्रेसले सभामुखलाई पनि तटस्थकारी भुमिका निर्वाह गर्न ध्यानाकर्षण गराएको छ ।

काँग्रेस सांसदहरुले उभिएर विरोध जनाईरहेपछि सभामुख महराले प्रतिनिधि सभाको अर्काे बैठक आगामी आईतबार अपरान्ह ३ बजे बस्ने गरि बैठक स्थगित गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);