प्रतिनिधिसभाकाे दोश्रो बैठक पनि अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

प्रतिनिधिसभाकाे दोश्रो बैठक पनि अवरुद्ध

sadan

काठमाडौं, २२ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको जीवनरक्षा माग गर्दै प्रतिनिधिसभाको दोश्रो बैठक पनि अवरुद्ध गरेको छ ।

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै संसद सचिवालयमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै कांग्रेसले शुक्रबार लगातार दोश्रो बैठक अवरुद्ध बनाएको हो । प्रतिनिधिसभाको आजै बसेको पहिलो बैठक पनि कांग्रेसकै विरोधका कारण अवरुद्ध भएको थियो ।

सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको शुक्रबारको दोश्रो बैठकको कारवाही सुरु भएको जानकारी गराउन नपाउदै कांग्रेसका सांसदहरुले उभिएर विरोध गरेका थिए ।

सभामुख कृष्ण बहादुर महराले समय दिएपछि बोलेका सांसद दिलेन्द्र प्रसाद बडुले जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसुचीमा नगएसम्म बैठक चल्न नसक्ने बताए । डाक्टर केसीको अनसन तर्फ सिंगो देशको ध्यानाकर्षण भएपनि सरकारको ध्यानाकर्षण हुन नसकेको टिप्पणी गरे ।

उनले माग सम्बोधन हुने गरि विगतमा सरकारले जारी गरेको अध्यादेश अनुरुपको विधेयक प्रस्तुत गर्न पनि माग गरे । उनले डाक्टर केसीको जीवन रक्षाको माग गर्दैै दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल नभए सम्म आफुहरु उभिन बाध्य हुने बताए ।

उनले संसद र सांसदमा उठेको सार्वजनिक महत्वको विषयमा सरकार गैह् जिम्मेवार र गैह् जवाफेही बन्न नमिल्ने भन्दै सदनप्रति सरकारलाई जवाफदेही बनाउन सभामुखको ध्यानाकर्षण गराए ।

सभामुख महराले महत्वपुर्ण विषय प्रति सरकारलाई ध्यानाकर्षण भएको र अर्को बैठकमा कार्यसुचीमा राखिने आश्वासन दिएपछि कांग्रेस सांसदहरुले उठेर विरोध गरिरहेपछि बैठक असार २५ गते १ बजे सम्मका स्थगित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);