कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध, सर्लाही घटना छानबिन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध, सर्लाही घटना छानबिन गर्न माग

काठमाडौं, १३ साउन । नेपाली कांग्रेस र राजपाका सांसदहरुको नाराबाजीका कारण सोमबार प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सभामुख कृष्ण बहादुर महराले प्रतिनिधिसभाको सोमबारको बैठक सुरु भएको जानकारी गराउने वित्तिकै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।

सर्लाही घटनाको छानविनका लागि संसदीय छानविन समिति गठन गराउन माग गर्दै आएका उनीहरुले सोही माग बारे ध्यानाकर्षण गराउन उभिएको भएपनि सभामुख महराले बैठकको कार्यसूची अगाडि बढाउने जानकारी गराउँदै ‘सुन्य समयको कारवाही सुरु हुन्छ’ भने पछि दुवै दलका सांसदहरु नाराबाजी गदै रोष्टम घेराउ गर्न पुगेका थिए ।

उनीहरुले संसदीय सर्वोच्चता कामय गर, मानवअधिकार हनन गर्न पाईदैन, लाल आयोगको प्रतिवेदन सार्वजनि गर भन्दै रोष्टम अगाडि नाराबाजी गरे ।

आसन ग्रहणका लागि पटक पटक आग्रह गरेपनि नाराबाजी गर्ने क्रम जारी रहेपछि सभामुख महराले बुधबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

संसदीय छानविन समिति गठनको माग गर्दै बैठक अवरुद्ध पार्दे आएका राजपा र नेपाली कांग्रेसका सांसदहरुको नाराबाजी र अवरोधका बीच गत असार २५ गते सभामुख महराले सचिव गोपालनाथ योगीलाई राष्ट्रियसभाबाट प्राप्त सुझाव पढ्न समय दिएर कार्यसूची अघि बढाउनुभएको थियो ।

त्यसपछि ३० गतेका लागि बोलाईएको बैठक सुचना टाँसेर साउन ८ गते सम्मका लागि सारिएको थियो । नेपाली कांग्रेस र राजपाका सांसदहरुले ८ गते भने बाढी पहिरोका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका लागि बैठक संञ्चालन गर्न सहमति जनाएका थिए । उनीहरुले संसदीय छानविन समिति गठन नभए सोमबारको बैठक चल्न नदिने पुर्व सुचना पनि दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);