कांग्रेसद्वारा संसद बैठक अवरुद्ध, बुधवार बस्नेगरी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसद्वारा संसद बैठक अवरुद्ध, बुधवार बस्नेगरी स्थगित

congress birodha

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक बुधवार बस्नेगरी स्थगित भएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला बोल्नेकी प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बोल्ने भन्ने बिवाद भएपछि बैठक स्थगित भएको हो । सभामुख कृष्ण बहादुर महराले बैठक प्रारम्भ भएको जानकारी गराउने बित्तिकै कांग्रेसका सांसदहरु उभिएका थिए ।

कांग्रेस सांसदहरु उभिईरहेकै बेला सभामुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्नको लागि समय दिएपछि कांग्रेस सांसदहरु नाराबाजी गर्दै रोष्ट्रम घेराउ गर्न पुगेका थिए । सम्बोधनका लागि प्रधानमन्त्री ओली रोष्ट्रममा पुगेपनि कांग्रेस सांसदहरुको निरन्तरको नाराबाजी पछि सम्बोधन हुन सकेन ।

आफूहरुले ध्यानाकर्षण गराउँदा गराउँदै सभामुखले प्रधानमन्त्रीलाई समय दिएको भन्दै कांग्रेस सांसदहरुले संसदिय गरिमा कायम गर्न माग गर्दे नाराबाजी गरिरहे । केही समयको नाराबाजी पछि सभामुखले बैठक बुधबार सम्मका लागि स्थगित भएको घोषणा गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);