नयाँ सरकार बनाउने समीकरण : यस पटक मुसाहरुले जहाज छोड्ने छैनन् ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नयाँ सरकार बनाउने समीकरण : यस पटक मुसाहरुले जहाज छोड्ने छैनन् !

Samsad

काठमाडौं, २६ फागुन । २३ वर्ष पहिला नेपालको संसदीय अभ्यासमा जहाज र मुसाको सन्दर्भ निस्केको थियो। यो भनाईको अर्थ थियो जहाज पानीमा डुब्न थालेपछि त्यसमा रहेका मुसा अर्को जहाजमा हाम फाल्न थाल्छन् ।

२०५४ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार ढल्नै लाग्दा प्रतिनिधिसभाको बैठकमा बोल्दै चन्दले प्रयोग गरेको भाषा हो यो । उनी नेतृत्वको सरकार ढल्नै लागेपछि आफ्नै नेतृत्वमा रहेका मन्त्रीहरुले समेत उनलाई साथ छोडेका थिए। चन्दले उनीहरुलाई जहाज छोड्ने मुसाको संज्ञा दिएका थिए।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई छोडेर पेरिस डाँडा पुगेका एमालेका सांसदहरु फेरि आफ्नै जहाज अर्थात धुम्बाराही फर्केका छन् । कारण उनीहरुको सांसद पद नै धरापमा पर्ने भएर हो।

पुनर्स्थापित प्रतिनिधिसभाको २३ गतेको बैठकमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार प्रति तत्कालीन नेकपाका सांसदहरु नै विरोधमा उत्रिए। उनीहरुले कुनै हालतमा अध्यादेश पारित नगर्ने भन्दै बैठक बहिष्कार गरे। अर्को दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले नाराबाजी गर्दै रोष्टम घेरेर र बुधबार सम्मका लागि बैठक स्थगित गरियो ।

तर बुधबारको बैठकको दृष्य भने अघिल्लो भन्दा फरक थियो। एउटा पार्टी नेकपा दुई वटा बनिसकेको थिए। पहिला नेकपाको हैसियतमा रहेका सांसदहरु बुधबार एमाले र माओवादी केन्द्रको हैसियतमा थिए। अर्थत उनहिरुको लहर अलग अलग थियो।

बुधबारबाट संसदमा राजनीतिक समीकरण फेरिएको छ। जब निर्वाचन आयोगले तत्कालीन एमाले र माओवादी केन्द्रलाई औपचारिक रुपमा जगाई दिएको छ। अब सरकार पनि नेपालको संविधानको धारा ७६ को २ मा परिणत भएको छ । पहिले एकै दलको बहुमतको सरकार बनेको थियो । अहिलेको सरकार नेकपा एमाले र माओवादी केन्द्रमा अंशवण्डा भएको छ । सर्वोच्च अदालतले अंश लगाई दिएपछि दुई वा सो भन्दा बढि दलको समर्थनको हैसियतमा छ ।

पछिल्लो समीकरणमा जनता समाजवादी पार्टी निर्णयक बनेको छ । उसले जुन कित्तालाई समर्थन गर्यो त्यसको सरकार बन्ने छ। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधामनन्त्री केपी शर्मा ओलीले तीस दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ। एमालेसंग रहेको १ सय २० मा जनता समाजावादीको मत निर्णयक हुने छ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजावदीबीच समीकरण भएको खण्डमा उनीहरुबीच मिलेर सरकर बन्न सक्छ। तर एमालेलेपनि वार्ताका लागि दुबै पक्ष रहेको वार्ता टोली गठन गरेका कारण प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने संभावना जिवितै छ । तर विपक्षमा रहेका सबै पार्टीहरु प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा गएकोले एमालेसंगको समीकरण त्यति बलियो छैन। कांग्रेस र जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्ने संंभावना बलियो बन्दै गएको छ।

यस पटक नेपालको संविधानले दल त्याग ऐनलाई कडा बनाएपछि कसैले पनि पार्टीको ह्विप उल्लंघन गर्ने छैनन् । धुम्बाराहीबाट सरेर पेरिस डाँडा पुगेका एमाले सांसदहरुले खुरु खुरु लाईन बसेर प्रधानमन्त्री ओलीलाई विश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने छन्। केही समय अघि सम्म ओलीलाई प्रतिगामीको संज्ञा दिएका उनीहरुले अब क्रान्तिकारी राष्ट्रवादी भन्दै उनको प्रस्तावको पक्षमा मतदान गर्ने छन् ।

पेरिस डाँडा पुगेर धुम्बाराही सरेका सांसदहरुको गलामा प्रधामन्त्री ओलीको लगाम हुने छ । एमालेका पेरिस डाँडा पुगेर धुम्बाराही फर्केका एमालेका सांसदहरुसंग प्रकाश श्रेष्ठले गाएको एउटा गित मेल खान्छ‘ प्रतिक्षा गर मेरी मायालु समयले मानिसलाई कहाँ कहाँ पुर्याउछ’ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);