माओवादी केन्द्र अब संगठन विस्तारमा लाग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

माओवादी केन्द्र अब संगठन विस्तारमा लाग्ने

काठमाडौं, २६ फागुन । नेकपा माओवादी केन्द्र अब संगठन विस्तारमा लाग्ने भएको छ । पार्टी मुख्यालय पेरिस डाँडामा बुधबार बसेको सो पार्टीको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको थियो । यसकालागि कार्ययोजना बनाउन ४ सदस्यीय कार्यदल बनाएको छ ।

पार्टीको संरचना पुनर्निर्माण, जिम्मेवारी हेरफेरलगायतका काम गर्न गिरिराजमणी पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन शर्मा रहेको कार्यदल बनाइएको हो ।

बैठकले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग थप छलफल गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा मंगलबार जसपा र कांग्रेस नेतृत्वसँग भएको छलफलबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);