ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी हुँदा घाइते एकै परिवारका ५ मध्ये दुई बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी हुँदा घाइते एकै परिवारका ५ मध्ये दुई बालिकाको मृत्यु

ललितपुर महानगरापालिका–१७ स्थित एक टहरोमा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ मध्ये दुई बालिकाको मृत्यु भएको छ ।

आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर
ललितपुरले जनाएको छ । आइतबार ललितपुरको ग्वार्कोस्थित मोबिल स्टोर गर्ने कोठामा आगलागी हुँदा सञ्जय गिरीको परिवारका ५ जना घाइते भएका हुन् ।

घरमुली ३५ वर्षका सञ्जय गिरीको भेन्टिलेलरमा राखेर र पत्नी ३२ वर्षकी रुपा गिरीको आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।

एक जना १५ वर्षका नित गिरीको अवस्था भने सामान्य रहेको बताइएको छ । केही दिनअघि आगो निभाउने क्रममा जलेर ललितपुरको गोदावरीका शंकर र रमेश पहरीको मृत्यु भइसकेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);