नेपालमा पेट्रोलियम पदार्थको खपत घट्दै, डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको मागमा कमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

नेपालमा पेट्रोलियम पदार्थको खपत घट्दै, डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको मागमा कमी

नेपालमा पेट्रोलियम पदार्थको खपत घटेको छ । डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको आयल निगमको तथ्यांकले देखाएको हो ।

गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको नौ महिनामा डिजेल ४ प्रतिशत, मट्टितेल ११ प्रतिशत र खाना पकाउने एलपी ग्यास ५ दशमलव ३३ प्रतिशतले कमी आएको हो । पेट्रोलको खपत १ दशमलव ६१ प्रतिशत र हवाई इन्धनको खपत १७ दशमलव .६७ प्रतिशतले बढेको निगमले तथ्यांक छ ।

विद्युतीय सवारीको प्रयोगसँगै विकास निर्माणको काम सुस्तहुँदा डिजेलको खपतमा कमी आएको निगमको निष्कर्ष । यसैगरी पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगले गर्दा पनि ग्यासको खपत घट्दै गएको हो । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको नौ महिनामा दुई खर्ब १० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

गत आवको सोही अवधिमा दुई खर्ब २३ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

आन्तरिक बजारमा माग कम हुँदा पेट्रोलियम पदार्थको आयातमा कमी आएको हो। विभागका अनुसार नौ महिनामा एक खर्ब तीन अर्ब रुपैयाँको डिजेल, ५० अर्ब २५ करोडको पेट्रोल,४१ अर्बको एलपी ग्यास र १५ अर्ब ६१ करोडको हवाई इन्धन आयात भएको छ । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);