पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्यो

काठमाडौं, ४ चैत । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय १८ रुपैयाँ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा दुई रुपौयाँले वृद्धि हुँदा प्रतिलिटर ७४ रुपैयाँ पुगेको छ । खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा घाटा रहेको निगमको भनाई छ ।

त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ । सो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गर्दै आएको छ । निगमले यसअघि गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);